जेनजीसँगको सम्झौताको मसौदालाई चाँडो अन्तिम रूप दिन प्रधानमन्त्रीको निर्देशन

No Author Assigned | २०८२ मंसिर १३ गते २१:२४
Image of https://mayorsap.com/storage/photos/shares/susilaa.PNG

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँगको सम्झौताको मसौदालाई चाँडो अन्तिम रूप दिन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन्। शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफलका क्रममा उनले सरकारले अघि बढाइरहेको मसौदालाई चाँडो अन्तिम रूप दिन सम्बद्ध निकायलाई निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा जेनजी पक्षले सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अनावश्यक रूपमा ढिलो भइरहेको भन्दै सरकारलाई शीघ्र निष्कर्षमा पुग्न आग्रह गरेको थियो। सो क्रममा सरकारका अधिकारीहरूले जेनजीतर्फबाट प्राप्त दस्ताबेज अध्ययन भइरहेको र मसौदा अन्तिम रूप दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । 

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सम्झौता प्रक्रिया लामो समयसम्म नलगेर छिटो टुङ्ग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


Facebook Comments