रोहित पौडेल बने उत्कृष्ट खेलाडी, कार पुरस्कार
मेयरसाप डेस्क
|
२०८२ मंसिर २७ गते २०:४४
काठमाडौं । च्याम्पियन टिम लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी भएवापत उनलाई कार पुरस्कार दिइएको हो ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन बनाएको छन् भने १० विकेट लिएका छन् । फाइन खेलमा उनले ह्याट्रिक विकेट लिए ।
प्लेअर अफ द टुर्नामेन्ट एनपीएल सिजन टू रुबेन ट्रम्पलमेन भएका छन् । सन्दिप लामिछानेले गोल्डेन क्याप जितेका छन् । शेर मल्ल इमर्जिङ प्लेअर अफ द टूर्नामेन्ट बनेका छन् ।
Facebook Comments