प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो : आइजिपी कार्की
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते ०५:०४
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मुलुकमा हुने सबै किसिमका आन्दोलनहरूमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् ।
आइजिपी कार्कीले आइतबार जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो र नचाहिँदाको ठाँडो’ बनाउने गरिएको बताएका हुन् ।
नेपालको इतिहासमा पहिलेका राजनीतिक आन्दोलनहरूमा पनि प्रहरी संरचनाहरू ध्वस्त पारिएको स्मरण गर्दै उनले भने, ‘मूलभूत रूपमा प्रहरीका संरचनाहरू यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ ।’
आइजिपी कार्कीले प्रहरीमाथि आक्रमण गर्ने यो प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्नका लागि नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
Facebook Comments