कांग्रेसका नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
तीन करोड ६८ लाख बिगो कायम
मेयरसाप डेस्क
|
२०८२ मंसिर २८ गते ०५:०६
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रतिनिधि सभा सदस्य सन्तोष चालिसेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अख्तियारले चालिसेविरुद्ध तीन करोड ६८ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनलाई गोकर्णेश्वर नगरपालिकाको मेयर रहँदा गैरकानुनी तरिकाले उक्त रकम आर्जन गरेको आरोप लागेको छ ।
चालिसे २०७९ को प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए, भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर थिए । उनी हाल अर्थ समितिका सभापतिसमेत हुन् ।
काठमाडौं क्षेत्र नम्बर ३ ले हालै उनलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।
Facebook Comments