यसरी मनाइयो वसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (फोटोफिचर)
मेयरसाप डेस्क
|
२०८२ पुष १ गते ०१:०६
आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली समेत गरेको छ ।
यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाइएको हो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवर्द्धन र प्रसार गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।














Facebook Comments