बढ्यो सुनको मूल्य, चाँदी भने सस्तियो

User Image मेयरसाप डेस्क | २०८२ पुष २५ गते ११:०५
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ, भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुनको मूल्य बढाएर निर्धारण गर्दा चाँदीको मूल्यमा भने केही कमी आएको हो ।

महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यो मूल्य बिहीबारको तुलनामा २ हजार १०० रुपैयाँले बढी हो । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य उकालो लागे पनि चाँदीको मूल्यमा भने ओरालो लागेको छ । बिहीबार प्रतितोला ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा महासङ्घले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ ।


Facebook Comments