पृथ्वीनारायण शाहलाई नचिन्ने व्यक्ति नेपाली हुनै सक्दैन : पूर्वमन्त्री बिष्ट

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते १७:१७
Image of https://mayorsap.com/storage/photos/shares/photo-6-5e697621.jpg

काठमाडौं । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवं पूर्वमन्त्री केशरबहादुर बिष्टले पृथ्वीनारायण शाहले एकीकृत गरेको सबै जातको फूलबारीलाई अहिले फुटाउने र मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार कीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रिय अस्तित्व जोगाउन पृथ्वी जयन्ती मनाउनु अनिवार्य रहेकोमा जोड दिए ।

बिष्टले नेपाली भनेर गर्व गर्ने जोसुकैले पनि पृथ्वीनारायण शाहलाई सम्झिनुपर्ने र उनलाई स्वीकार गर्न नसक्ने व्यक्ति नेपाली हुन नसक्ने दाबी गरे ।

“हामी अहिले खुम्चिएको मेची–महाकालीलाई सार्वभौम भन्दै राष्ट्रिय गान गाउँछौँ, तर सुगौली सन्धिले हामीलाई साँघुरो बनाएको वास्तविकता बिर्सनु हुँदैन,“ उनले भने ।

इतिहासको प्रसंग निकाल्दै बिष्टले पृथ्वीनारायण शाहको पालादेखि नै देश र हिन्दू धर्मविरुद्ध विदेशी षड्यन्त्र सुरु भएको बताए ।

उनले कीर्तिपुरका जनताले ‘नाक–कान काटेको’ भनी चित्त दुखाउनुको पछाडि इसाईहरूको दुष्प्रचार र एउटा सानो किताबको भरमा फैलाइएको भ्रम रहेको टिप्पणी गरे ।


Facebook Comments