आफू निकट नेताहरूसँग छलफल गर्दै सभापति देउवा
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते १४:१७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूसँग छलफल गर्ने भएका छन् । सभापति देउवाले आफू निकट नेताहरुलाई छलफलका लागि आजै दिउँसो ३ बजे बोलाएका हुन् ।
यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।
देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् । महाधिवेशन पक्षधर नेता तथा महाधिवेशन प्रतिनिधिहरुले पनि महाधिवेशनमा सभापति देउवा उपस्थित हुनुपर्ने भन्दै उपस्थितिका लागि आग्रह समेत गरिरहेका छन् ।
Facebook Comments