हातहतियार बुझाएर शान्ति कायम गर्न प्रशासनको आग्रह
मेयरसाप डेस्क
|
२०८२ पुष २९ गते १७:५०
बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन जिल्लाबासीलाई आफ्ना हातहतियार बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै इजाजत प्राप्त वा बिना इजाजत राखिएका भरुवा बन्दुक लगायतका सबै किसिमका हातहतियार तथा खरखजना माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार, स्थानीयले आफूसँग भएका हतियार जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाईमा बुझाउनु पर्नेछ ।
तोकिएको समयसीमाभित्र हतियार नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न जिल्लाबासीलाई सक्रिय सहयोग र मर्यादित भूमिका निर्वाह गर्न समेत अपिल गरिएको छ ।
Facebook Comments