शुक्लागण्डकी ह*त्या प्रकरणः एक जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते ०७:५५
Image of https://mayorsap.com/storage/photos/shares/arrest1.jpg

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

उक्त प्रकरणमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ । 

मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  


Facebook Comments