प्रतितोला २ लाख ७८ हजार पुग्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते ११:२९
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।
Facebook Comments