सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित १ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते ११:४१
Image of https://mayorsap.com/storage/photos/shares/pakrau-1_1.jpg

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजार चेकपोष्टमा प्रहरीले अमेरिकी डलरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोलाई मंगलबार राति ११ बजे नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–३ बस्ने ३४ वर्षीय युवराज नेवार रहेका छन् । उनको साथमा रहेको कालो झोला खानतलासी गर्दा १०० दरका ५७० वटा नोट गरी कुल ५७ हजार अमेरिकी डलर र १२ हजार नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएकाे छ ।

बरामद डलरको स्रोत नखुलेकाले नेवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको छ । प्रहरीले यति ठूलो परिमाणको विदेशी मुद्रा कहाँबाट र कुन प्रयोजनका लागि लैजान लागिएको हो भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ ।


Facebook Comments