संस्थापन पक्षले गर्यो गगन र विश्वप्रकाशलाई कारबाही
कांग्रेसमा पहिरो, देउवासँगको वार्ता असफल
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १५:४३
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।
पार्टीको आधिकारिक निर्णयविपरीत ‘विशेष महाधिवेशन’ आह्वान गरेको र चुनावी प्रक्रिया अघि बढाएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो ।
महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिको मागलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले छुट्टै विशेष महाधिवेशन सुरु गरेका थिए ।
यद्यपि, केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेको थियो, जसमा थापा र शर्माले लिखित फरक मत राखेका थिए ।
पार्टी विभाजन रोक्न मंगलबार र बुधबार बिहान सभापति शेरबहादुर देउवासँग भएका पटक–पटकका वार्ताहरू निष्कर्षविहीन भएपछि गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि पार्टीबाटै निष्कासित गरिएकाे बताइएकाे छ ।
Facebook Comments