रवि लक्षित ओलीको प्रश्न– दुनियाँको हिनामिना भएको पैसा अब कसले तिर्छ?

रवि लामिछानेको मुद्दा फिर्तामा ओली असन्तुष्टि

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १७:३६
Image of https://mayorsap.com/storage/photos/shares/kp-oli-2-af1dbc7b.png

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा अहिले विधिको शासन नरहेको र ‘जसको शक्ति उसकै अधिकार’ जस्तो अवस्था सिर्जना भएको बताए । 

महान्यायाधिवक्ताको कार्यालयले गम्भीर प्रकृतिका मुद्दाहरू फिर्ता लिएर इतिहासमै आफूलाई कलंकित र लज्जित बनाएको ओलीको टिप्पणी छ । उनले महान्यायाधिवक्ता सविता भण्डारी बरालको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै एकपछि अर्को विवादमा मुछिएको आरोप लगाए ।

ओलीले ‘डिम्ब कारोबार’देखि अहिले मुद्दा फिर्ता सम्मका काण्डहरूले कानुनी राज्यको खिल्ली उडाएको उल्लेख गरे । सर्वसाधारणको हिनामिना भएको पैसाको सोधभर्ना कसले गर्छ भनी प्रश्न गर्दै उनले अभियोग परिवर्तन गर्ने र मुद्दा फिर्ता लिने खेलले कसैको पनि हित नगर्ने बताए ।


Facebook Comments