महेन्द्रनगरमा बसले ठक्कर दिँदा पैदलयात्रीको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १०:४९
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px.jpg

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका परिचय नखुलेका एक पुरुषको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना लगत्तै प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments