३३ केजी सुन र ह*त्या प्रकरण : फरार आरोपी गौतम पक्राउ
हेटौँडाका सुरेन्द्र काठमाडौंबाट समातिए
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते ११:०३
काठमाडौं । नेपाल प्रहरीले चर्चित ३३ किलोग्राम सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका एक फरार आरोपीलाई सात वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मकवानपुर हेटौँडा–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
सुन तस्करीमा संलग्न मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी भनिएका गौतम लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।
२०७४ फागुन १८ गते मोरङको उर्लाबारीमा ३३ केजी सुन हराएपछि सोही विषयलाई लिएर सनम शाक्यको कुटपिट तथा विद्युतीय करेन्ट लगाएर हत्या गरिएको थियो ।
पक्राउ परेका गौतमलाई थप कानुनी कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
यस प्रकरणका मुख्य आरोपी गोरे सहित अन्य धेरै व्यक्तिहरू यसअघि नै पक्राउ परेर कानुनी प्रक्रियामा रहे पनि केही आरोपीहरू अझै फरार छन् ।
Facebook Comments