बडीमालिकामा छतबाट खसेर वृद्धाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते ११:५८
Image of https://mayorsap.com/storage/photos/shares/death-2-2.jfif

बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको  आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । 

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन्। छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका छन् । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।


Facebook Comments