देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठकः को–को भए उपस्थित ?
मेयरसाप डेस्क
|
२०८२ माघ ३ गते १२:१०
काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको बैठक सुरु भएको छ । शनिबार बिहान ८ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलागरी पौने १२ बजेदेखि सुरु भएको हो ।
बैठकमा देउवा पक्षका नेताहरु पूर्णबहादुर खड्का, रमेश लेखक, विमलेन्द्र निधि, शशांक कोइराला लगायतको सहभागिता रहेको छ । बैठकमा डा.शेखर कोइराला पनि उपस्थित भएका छन् । पहिला बैठकमा नजाने तयारी भए पनि सबैले भागेर हुन्न जानुपर्छ भनेपछि कोइराला बैठकमा गएको बताइएको छ ।
Facebook Comments