निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने देउवा पक्षको निर्णय
No Author Assigned | २०८२ माघ ४ गते १२:१६काठमाडौं । निर्वाचन आयोगको निर्णय विरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले निर्वाचन आयोगको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णय सही नभएको जिकिर गर्दै न्याय माग्न सर्वोच्च जाने निर्णय भएको नेता प्रकाशशरण महतले बताए ।
महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । उनले भने, 'हामीलाई बोलाउँदा पनि नबोलाई, हाम्रो पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी एकतर्फी रूपमा निर्णय गरियो ।'
उनले बैठकले संवैधानिक, राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको समेत बताए ।
Facebook Comments