टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई

User Image मेयरसाप डेस्क | २०८२ माघ ३ गते १२:३७
Image of https://mayorsap.com/storage/photos/shares/photo-2f87f37c.jpg

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विशेष कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने विश्वकपमा सहभागी हुनु अघि टोलीले अभ्यास खेल खेल्नेछ । सोही क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राष्ट्रिय टोलीमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने कुरामा विश्वस्त रहेको बताएका छन् ।

उनले भने, ‘एकदम शान्त भएर खेल खेल्नु होला, सबैले आफ्नो खेल र प्रदर्शनमा ध्यान दिनुु होला, कहिले काही सानो सानो कुराले हामी पछाडी पर्ने गरेका छौ । तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’

यस्तै, क्यानका सचिव पारस खड्काले पनि विश्व क्रिकेटले खेल हेर्ने भएको हुदाँ खेलाडीको हरेक पक्षले धेरै मान्यता राख्ने भन्दै राम्रो प्रदर्शन गर्नको लागि शुभकामना दिएका छन् ।
उनले भने, ‘पुरुष नेपाली क्रिकेट टोलीको परिणाम सबैभन्दा बढि आकर्षित हुने गरेको छ र त्यो परिणामले नै धेरै कुराहरु निर्धारित गर्ने हुने हुनाले अहिले खेलाडीहरुमाथि जति जिम्मेवारी छ त्यो एउटा खेलाडीको मात्र नभएर विश्व क्रिकेटले नै तपाईहरुलाई हेर्ने हो । खेलमा तपाईहरुको हरेक पक्षले धेरै मान्यता राख्ने छ । खेलको लागि सबैलाई शुभकामना दिन चहान्छु किनभने खेल त्यति सजिलो छैन् ।’

साथै, राष्ट्रिय टोलीका कप्टान रोहित पौडेलले खेलको लागि एकदमै उत्साहित रहेको भन्दै आफ्नो क्षमता अनुसार राम्रो खेल्ने बताए । टोली भोलि भारत प्रस्थान गर्दैछन् ।


Facebook Comments