रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीयको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १०:४३
Image of https://mayorsap.com/storage/photos/shares/accident_1.jpg

चन्द्रपुर । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गौर–गङ्गापिपरा सडकखण्डमा शनिबार साँझ बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा भारत विहार, महनपुर–६ का मिन्टु पासवानको मृत्यु भएको छ, भने सोही स्थानका रमेश पासवान गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार दुवै जनाले मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गम्भीर घाइते रमेशलाई गौरस्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाराको एसएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments