आज मध्यरातदेखि देशभर निर्वाचन आचारसंहिता लागू हुँदै

मन्त्री र कर्मचारीलाई आजै ब्रिफिङ गरिँदै

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १७:२१
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । 

निर्वाचन आयोगको आज बसेको बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी आचारसंहिता कार्यान्वयनमा ल्याइएको हो ।

आचारसंहिताको पालना गराउन र यसका प्रावधानबारे जानकारी दिन आयोगले आजै मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीहरूसँग विशेष छलफल गर्दैछ । 

आचारसंहिता लागू भएपछि सरकारले नयाँ नियुक्ति, सरुवा–बढुवा र मतदाता प्रभावित पार्ने कुनै पनि नयाँ योजना वा बजेट घोषणा गर्न पाउने छैन ।


Facebook Comments