ब्रेक फेल भई धरानमा बस दुर्घटना, उद्धार कार्य जारी

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/break-fail-gadi-1536x1152.jpg

विराटनगर । सुनसरीको धरानमा आइतबार बस दुर्घटना हुँदा केही यात्रु र सर्वसाधारणको हताहती भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको बस ब्रेक फेल भई सडक किनारको एक घरमा ठोक्किएर दुर्घटना भएको हो ।

सडकको घुम्तीमा रहेको घरमा बस ठोक्किँदा त्यहाँ रहेको मेडिकलमा आएका सर्वसाधारण समेत चपेटामा परेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भिषणबहादुर राईका अनुसार घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

अस्पताल पठाइएकामध्ये केहीको मृत्यु भइसकेको भए पनि मृतकको आधिकारिक सङ्ख्या खुल्न बाँकी छ । दुर्घटनाग्रस्त बस ’इस्टर्न एजुकेसन प्राली’ को नाममा दर्ता रहेको भेटिएको छ । प्रहरी र स्थानीय टोलीले अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी राखेका छन् ।


Facebook Comments