नाम्खा गाउँपालिकाका आठ विद्यालयमा पच्चीस भन्दा कम छन विद्यार्थीहरू

नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढाका अनुसार पालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेका छन ।

No Author Assigned | एक बर्ष अगाडि
Image of storage/news/1721911803.jpg

हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् ।

 

नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मनराज बुढाका अनुसार पालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेका छन । नाम्खा गाउँपालिकामा जम्मा चौध वटा विद्यालयहरू रहेका छन् ।

 

माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो । प्रमुख बुढाका अनुसार पच्चीस जना भन्दा कम विद्यार्थीहरू भएका विद्यालयहरूमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा बिधार्थीहरुको सङ्ख्या २२ जना रहेको छ ।

 

त्यसैगरि वडा नम्बर १ कै कक्षा तीनसम्म पढाई हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाई हुने नबुबुद्ध प्राविमा पन्ध्र जना विद्यार्थीहरू अध्ययन गर्दै आएका छन । वडा नम्बर ३ को कक्षा तीनसम्म पढाई हुने सत्य प्राविमा २५ जना,  वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना, वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनिको प्राविमा सात जना र वडा नम्बर ५ को  कक्षा पाँचसम्म अध्ययन हुने सुनखानी  प्राविमा २२ जना विद्यार्थीहरू अध्ययनरत छन । त्यसैगरी, वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना, पाँचसम्म अध्ययन हुने मोतीराम प्राविमा ३९ जना र  कक्षा एक देखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीहरूले अध्ययन गरीरहेका छन ।

नाम्खा गाउँपालिकाका आठ विद्यालयमा पच्चीस भन्दा कम छन विद्यार्थीहरू


नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटी रहेको बताए ।

 


Facebook Comments