पार्टीभित्र विद्रोह गर्न एमालेका नेता–कार्यकर्तालाई प्रचण्डको आग्रह
मेयरसाप डेस्क
|
२०८२ मंसिर ११ गते २१:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमाले भित्र रहेका वामपन्थी, देशभक्त र क्रान्तिकारी नेताहरूसँग हातेमालो गर्न आफू तयार रहेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले एमालेभित्रका इमानदार नेताहरूलाई वर्तमान गलत प्रवृत्ति र नेतृत्वविरुद्ध विद्रोह गर्न आग्रह गरे ।
प्रचण्डले विगतमा एमालेसँग एकता गरे पनि गलत नेतृत्वका कारण निकै अप्ठ्यारो परेको अनुभव सुनाए ।
उनले एमालेभित्र रहेका इमानदार साथीहरूले अब सत्यको पक्षमा आवाज उठाउन थालिसकेको दाबी गर्दै भने, ‘त्यो आवाज अब दब्ने पक्षमा छैन । बृहत् वामपन्थी एकतामा पुगेर मात्रै विश्राम लिनेछ ।’
प्रचण्डले एमालेका नेता तथा कार्यकर्तालाई एकपटक इतिहासप्रति समीक्षा गर्न र वामपन्थी एकताको पक्षमा उभिन अपिल गरेका छन् ।
Facebook Comments