आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते ११:१०
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो ।
आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।
Facebook Comments