ट्रम्पले आफैंलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
मेयरसाप डेस्क
|
२०८२ पुष २८ गते ११:२६
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भन्दै सार्वजनिक गरेका हुन् ।
अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर न्यूयोर्कको एक हिरासतमा पुर्याइएको थियो ।अहिले मादुरो विरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।
Facebook Comments