उज्यालो नेपाल पार्टी आफ्नै अस्तित्वमा अघि बढ्छ : कुलमान घिसिङ

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १५:०२
Image of https://mayorsap.com/storage/photos/shares/kulman-ghising-2-59e31f3a.jpg

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै दलसँग एकीकरण नहुने प्रस्ट पारेका छन् ।

विशेषगरी नेपाली कम्युनिस्ट पार्टीसँग एकता हुन लागेको भनी सामाजिक सञ्जालमा फैलाइएको चर्चालाई उनले पूर्ण रूपमा भ्रामक र असत्य भएको बताएका हुन् ।

घिसिङले उज्यालो नेपाल पार्टी आफ्नै नीति, सिद्धान्त र एजेन्डाका साथ स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि कसैसँग विलय नहुने स्पष्ट पारे ।

अध्यक्ष घिसिङले यस्ता निराधार समाचारको पछि नलाग्न कार्यकर्ता र शुभेच्छुकहरूलाई आग्रह समेत गरे ।


Facebook Comments