मौलिक चाडपर्वहरू देशको अमूल्य सम्पदा हुन् : प्रधानमन्त्री कार्की

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १७:५२
Image of https://mayorsap.com/storage/photos/shares/photo-24-db9decc3.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरू नेपालको सभ्यता, संस्कृति र पहिचानका लागि अमूल्य सम्पदा भएको बताएकी छन् ।

बिहीबार काठमाडौंको टुँडिखेलमा मगर सङ्घले आयोजना गरेको माघी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विविधता र बहुलताबीचको एकताले नै राष्ट्रलाई समृद्ध र सशक्त बनाएको उल्लेख गरिन् ।

आफ्ना मौलिक परम्परा र पहिचानमा सबैले गर्व गर्नुपर्ने बताउँदै उनले यस्ता संस्कृतिको संरक्षण र संवद्र्धनमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले समावेशी विकास नै दिगो विकासको मुख्य आधार भएको र यसमा सरकार पूर्ण रूपमा दृढ रहेको स्पष्ट पारिन् ।

मुलुकको वर्तमान विशिष्ट परिस्थितिमा सबै राजनीतिक दल र समुदायबीच थप एकता, सहकार्य र आपसी विश्वासको आवश्यकता रहेको उनको भनाइ छ । सरकारले सबै वर्ग र समुदायको पहिचानलाई सम्मान गर्दै विकासको मूल प्रवाहमा ल्याउने लक्ष्य राखेको समेत उनले बताइन् ।


Facebook Comments