कांग्रेसको विशेष महाधिवेशन अराजकताको नमुना हाे : ओली

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १७:४१
Image of https://mayorsap.com/storage/photos/shares/oli_1.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट उत्पन्न विवादप्रति तिखो टिप्पणी गरेका छन् । उनले सडकबाट बहुमत पुर्याएको दाबी गर्दैमा पार्टीको वैधानिकता प्राप्त नहुने बताए ।

नियमित महाधिवेशनको मिति तोकिसकिएको अवस्थामा विशेष महाधिवेशन गर्नु थिति विपरीत भएको उनको तर्क छ । ओलीले वर्तमान राजनीतिक अवस्थालाई प्रजातन्त्रको नाममा अराजकताको संज्ञा दिए ।

“बैठक कसले बोलाउने र महाधिवेशन कसले डाक्ने भन्ने एउटा पद्धति हुन्छ, सडकमा मान्छे जम्मा गरेर बहुमत पुग्यो भन्नु मुर्खता हो,’ उनले भने । उनले नेपाललाई शान्ति क्षेत्रबाट हटाएर आतंक र अपराधको थलो बनाउन खोजिएको आरोप समेत लगाए ।

वर्तमान सरकारलाई असंवैधानिक ढंगले जडान गरिएको भन्दै उनले अनिर्वाचित व्यक्तिहरूबाट देश चल्न नसक्ने र जनताबाट निर्वाचित सरकार नै अन्तिम विकल्प भएको दाबी गरे ।

संविधान, सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीमाथि चौतर्फी प्रहार भइरहेको भन्दै उनले न्यायालय जलाउने र प्रतिनिधि सभा भंग गर्ने कार्यले देशलाई अस्थिरतातर्फ धकेलेको उल्लेख गरे ।


Facebook Comments